सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसले कसलाई बनाउँदैछ मुख्यमन्त्री ?

काठमाडौं - सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबी गर्ने तयारी भइरहेको छ ।
केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसबाट प्रकाश देउवा रबहादुरसिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।
सुदुरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।
यस बाहेक सुदुरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

प्रतिक्रिया