एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजबाट सुरु

काठमाडौँ- प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आज (सोमबार) बाट सुरु भएको छ ।
बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रमा गर्ने प्रचलन छ । बौद्ध धर्मावलम्बीहरूले एक महिनाको समयावधिलाई पवित्र महिनाका रूपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् ।
स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको छ । विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्राम स्थल रहेको जनविश्वास छ । स्वयम्भूनाथमा सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् ।

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

विदेश पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

प्रतिक्रिया