नुवाकोट हेलिकोप्टर दुर्घटनाः केहीबेरमा पाँचै जनाको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार पाँच जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । शववाहन आउनसाथ त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न पठाइन्छ ।
‘मौसम खराबीका कारण अगाडि भिजिबिलिटी कम हुँदा दुर्घटना भएको हुन सक्छ,’ उनले इकागजसँग भने,’ यो क्षेत्र तथा डाँडोमा कुँहिरो लागिरहने गर्छ । काठमाडौँबाट आउँदा अगाडिको दिशा पहिल्याउन नसक्दा दुर्घटना भएको हुन सक्छ । यो मेरो घटनास्थलको निरीक्षण गर्दाको अनुमान हो ।‘
गन्तव्यतर्फ जाँदा हेलिकोप्टरले खुला ठाउँ खोजेको हुन सक्ने उनले बताए । मौसम क्लियर नभएकाले दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ । रुखमा ठोक्किएर झरेको उनले उल्लेख गरे ।
काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया