नर्वेकी राजकुमारीका छोरा पक्राउ

ओस्लो- नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरालाई एक महिलामाथि आक्रमण गरेको आशङ्कामा सप्ताहन्तमा पक्राउ गरिएको प्रहरीले बुधबार बताएको छ ।
मेट–मेरिटका छोरा मारियस बोर्ग होइबीको जन्म सन् १९९७ मा नर्वेका भावी राजा युवराज हाकोनसँग उनको सन् २००१ मा विवाह हुनुअघिको सम्बन्धबाट भएको थियो ।
एक अपार्टमेन्टमा रातभर भएको विवादपछि आइतबार बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको प्रहरीले बताएको छ । उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा बताएको छ ।
“ती (व्यक्ति) मारियस बोर्ग होइबी हुन् भनी धेरै मिडियामा थाहा भइसकेपछि घटनामा संदिग्ध उनी होइबी नै भएको प्रहरीले पुष्टि गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले उनले ‘शारीरिक क्षति’ पुर्याएको आशङ्का गरेको थियो । उनीहरूले महिलाको पहिचान भने गरेनन् र ‘आरोपी र पीडितबीच सम्बन्ध’ रहेको बताए ।
पीडितलाई गम्भीर चोट लागेकोबारे कुनै जानकारी नभएको प्रहरीले बताएको छ ।
शाही परिवारले घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
होइबीलाई मेट–मेरिट र हाकोनले आफ्ना सौतेनी भाइबहिनी २० वर्षीया राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा र १८ वर्षीय राजकुमार स्वेरे म्याग्नसँगै पालेको भए पनि उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन । (एएफपी)

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_scGAgI7pUe_sfvxvptax99qnphsvljcewgzbidf6tcopx887efijnnzdqgyvyykoydenuwn.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया