युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

गाजा क्षेत्र- विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुई वटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीबार पनि १८ जनाभन्दा बढीको मृत्यु भएको जनाएकोे छ ।
नोभेम्बरमा एक हप्ता लामो युद्ध विरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन् ।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।
मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् ।
नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ ।
गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने बिषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ ।
यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो ।
अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेतान्याहूले सम्झौतामा रोक लगाएको सुझावलाई अस्वीकार गर्दै पत्रकारहरूलाई इजरायल यद्धविराम वार्ताप्रति पुर्वाग्रही रहेको जानकारी दिएका छन् ।
वार्ताको घोषणा हनियाको मृत्युपछि हमासले इजरायल आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेपछि आएको हो । (एएफपी)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x1JBAGxkZk_lhf78ft1z3nhfdkue3ueejmb38pj1r5wm5gdcrhonltf8lbu8nh2ausbrrwk.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_O5YQUOvKDm_rlyqaiph8hhzg8ojylxokiiz98we3pkvs0d6l4uyininafzjvan9pazsij89.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया