बंगलादेशमा प्रधानन्यायाधीश पछि थप पाँच न्यायाधीशले दिए राजीनामा

ढाका - प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् ।
ढाका ट्रिब्युनका अनुसार यसरी राजीनामा दिने न्यायाधीशहरूलाई एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरूले हिजाे साँझ कानुन मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
यस अघि हिजाे दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायाधीश हसनले राजीनामा दिन बाध्य भएका हुन ।
विद्यार्थीहरूले थप पाँच जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायाधीशले राजीनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया