हत्या गर्न बाहिर निकालिएको बुझेपछि...
काठमाडौँ - आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ बर्षपछि जेलबाट बाहिर ल्याइएको महशुस गरे । उनले बङ्लादेशमा भएको परिवर्तनबारे कुनै जानकारी पाएका थिएनन् । त्यसैले उनले आफूलाई हत्या गर्न बाहिर निकालिएको बुझेका थिए । यद्यपि, उनले जेलबाट निस्किएपछि आठ वर्षमा पहिलोपटक स्वच्छ हावाको सम्पर्कमा आएको महसुस गरे अनि लामो सास फेरे ।
उनको कल्पना विपरीत उनको आँखा खोलिदिइयो, हतकडी पनि खोलिदिइयो र ढाकाको बाहिरी इलाकासम्म कारमा ल्याई हिलो खाल्डोमा फ्याँकियो । आफ्नो रिहाईलाई प्रेरित गरेको राष्ट्रिय स्थितिबारे उनलाई अझै पनि कुनै ज्ञान थिएन ।
'आठ वर्षमा पहिलोपटक मैले ताजा हावा पाएँ,' ४० वर्षीय कासेमले एएफपीलाई बताए । 'मैले सोचेँको थिए कि उनीहरुले मलाई मार्न लगिरहेका छन् ।'
कासेमको अपहरण र बेपत्ताका लागि जिम्मेवार प्रधानमन्त्री शेख हसिना वाजेद उनको रिहाइको केही घन्टाअघि राजीनामा दिएर देशबाट भागेकी थिइन् ।
अगस्ट ५ मा हसिना मित्रराष्ट्र भारततर्फ पलायन भएसँगै उनको १५ वर्षको शासनकालको अन्त्य भयो । यो अवधि उनको राजनीतिक विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्याका लागि जिम्मेवार थियो ।
कासेमलाई सेनाको गुप्तचरद्वारा सञ्चालित ऐनाघर (हाउस अफ मिरर) मा नजरबन्दमा राखिएको थियो । त्यहाँ बन्दीहरूले आफूबाहेक अरू कसैलाई कहिल्यै देख्न सक्दैनथे ।
कासेमलाई आठ वर्षसम्म झ्यालविहीन एकान्त कारावासमा बन्दी बनाएर राखिएको थियो र उनको जेलरलाई बाहिरी संसारबाट समाचार प्रसारण नगर्न कडा निर्देशन दिइएको थियो ।
हिरासत केन्द्रमा गार्डहरूले कैदीलाई नजिकैका मस्जिदहरूबाट प्रार्थनाको लागि इस्लामिक आह्वान सुन्न नदिन दिनभरी सङ्गीत बजाउँने गरेका थिए । यसले गर्दा मुस्लिम समुदायका कासेमले आफ्नो प्रार्थनाको समय थाहा पाउन सकेका थिएनन् । उनी आफू अपहरण भएदेखि कति समय बित्यो भन्नेमा पनि अनविज्ञ थिए ।
जब सङ्गीत बन्द हुन्थ्यो तब अन्य बन्दीहरूको पीडादायी आवाजहरू सुन्ने गरेको उनले बताए । 'बिस्तारै, बिस्तारै, मैले म एक्लो छैन भन्ने महसुस गर्न थालेँ', उनले भने, 'मैले मानिसहरू रोइरहेको, यातना दिइरहेका र चिच्याएको आवाज सुन्थेँ ।
ह्युमन राइट्स वाचले गत वर्ष सन् २००९ मा सत्तामा आएपछि हसिनाको सुरक्षा बलले ‘६०० भन्दा बढी जबरजस्ती बेपत्ता’ पारिएको बताएको थियो ।
सन् २०२२ मा ह्विसलब्लोअरको प्रतिवेदन विदेशमा प्रकाशित नभएसम्म ऐनाघर जनताका लागि अज्ञात थियो ।
हसिना सरकारले यसरी जबरजस्ती बेपत्ता पारिएको कुरा अस्वीकार गरेको छ र केही व्यक्तिहरू गैरकानुनी मार्गबाट युरोप पुग्ने प्रयास गर्दा भूमध्यसागरमा डुबेर बेपत्ता भएका दाबी गरेको छ ।
कासेम आफ्नो अपहरणको कारणबारे जानकार छन् । उनका बुबा मिर कासेम अली बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ सदस्य थिए । सन् १९७१ मा पाकिस्तानविरुद्ध स्वतन्त्रता युद्धको क्रममा स्वतन्त्रता समर्थक बङ्गलादेशीलाई यातना दिने अर्धसैनिक समूह चलाएको आरोपमा अलीमाथि मुद्दा लगाइएको थियो ।
उनी र अन्य व्यक्तिलाई युद्ध अपराध न्यायाधिकरणले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले अभियोग लगाएको थियो । तर यो व्यापक रूपमा हसिनाका लागि राजनीतिक विरोधीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा हेरिएको थियो ।
कासेमले उक्त समयमा आफ्नो बुबाको तर्फबाट प्रतिरक्षाका लागि मुद्दा लडिरहेका थिए ।
न्यायाधीकरणमा प्रक्रियागत त्रुटि र न्यायिक पक्षपातका बारेमा उनको नियमित जानकारी अधिकार समूह र संयुक्त राष्ट्रका विज्ञहरूले प्रतिध्वनित गरेसँगै उनी तत्कालीन सरकारको निशानामा परेका थिए ।
एक रात सादा लुगा लगाएका मानिसहरू उनको घरमा प्रवेश गरे र उनीलाई लतार्दै सिँढीबाट तल झारेर कारमा हाले ।
'मेरो बुबाको मृत्युदण्ड हुनुभन्दा केही दिन अघि तिनीहरूले मलाई बेपत्ता पार्नेछन् भनेर मैले सपनामा पनि सोच्न सकिनँ,' कासेमले भने ।
मैले तिनीहरूलाई भन्ने गरेको थिए,'म विरूद्ध मुद्दा चलाउन म त्यहाँ हुनु आवश्यक छ । म मेरो परिवारसँग हुन आवश्यक छ ।'
कासेमका बुबालाई उनीलाई बेपत्ता पारिएको चार हप्तापछि फाँसी दिइएको थियो । कासेमलाई यो कुरा थप तीन वर्ष बित्दासम्म थाहा थिएन ।
जेलबाट बाहिर निकालेपछि कासेम आफ्नो घर जाने बाटो खोज्ने प्रयासमा रातभरी भौतारिएका थिए । संयोगले, उनी एक परोपकारी संस्थाद्वारा सञ्चालित मेडिकल क्लिनिकमा पुगे जसका लागि उनका बुबा एकपटक ‘ट्रस्टी’ रहेका थिए ।
उनलाई त्यहाँको एक कर्मचारी सदस्यद्वारा पहिचान गरियो र परिवारसँग सम्पर्कमा ल्याइयो । यतिबेलासम्ममा बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनको परिणामस्वरूप आफ्नो रिहाइ भएको कासेमले थाहा पाएका थिए ।
'यो सबै केही किशोरकिशोरीहरूले सम्भव बनाएका हुन्', उनले भने । 'म साँच्चै आशावादी छु कि यो बङ्गलादेशको लागि भविष्यका लागि नयाँ दिशा फेला पार्ने अवसर हुनेछ ।'
उनकी श्रीमती तहमिना अख्तरले कासेमको मुद्दाको विषयमा भएको प्रचारले आफ्ना बच्चाहरूले विद्यालयमा बहिष्कार हुनुपरेको महसुस गरेको बताए ।
कासेमलाई अपहरण गरेको समयमा उनका दुई छोरीहरू तीन र चार वर्षका थिए । ठूली छोरीले आफ्नो बुबाको अपहरण भएको प्रत्यक्ष देखेकी थिइन् उनी अझै पनि विद्यालय बाहिर तैनाथ निजी सुरक्षा गार्डजस्ता केही अधिकारीहरूसँग डराउँछिन् ।
कासेमको कान्छी छोरीलाई आफ्नो बाबुको कुनै स्मरण छैन ।
'यो हाम्रो लागि आठ वर्ष जस्तो भएन, आठ जीवनकाल जस्तो भयो,' कासेमकी आमा आयशा खातुनले बताइन्।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_q9pS5AxmCr_1hhzaygfplb4xkcqibif3ap25nxztrseuuywq5bliaramc54nypfltvdy0c9.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_5PP2uyktyv_tge1wkeeteiblre4anxb2hm4jovvhahkifaajsi9xsg4r25mhcmd8wd9c7ml.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया