बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङ (बागलुङ)- तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिए ।
चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए ।
“ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_7o9OampqNm_grin0dbpdpiep6dadz60kpufxqf9bqvnby6wxs0vqpxohtcq9afegvnlprxk.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

प्रतिक्रिया