आवर्त नाटक: जीवनको सत्यता र भ्रमको अद्भुत प्रस्तुति पुनः मञ्चन हुँदै
काठमाडौँ - राजधानीको रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा 'आवर्त' नाटकको पुन: मञ्चन हुने भएको छ। यो नाटक भदौ १ देखि ५ गतेसम्म साँझ ६:१५ बजे मञ्चन गरिने भएको छ। ओजस थिएटरमा उक्त नाटक यसअघि साउन १८ र १९ मञ्चन भएको थियो ।
'आवर्त' नाटक अल्बर्ट कामुसको चर्चित निबन्ध "द मिथ अफ सिसिफस" बाट प्रभावित छ । जसले जीवनको सत्यता र भ्रमलाई एक सूक्ष्म दृष्टिकोणबाट प्रस्तुत गर्छ। नाटकमा पंकज सार्की, जेसिका पोखरेल, विकाश पौडेल, रुविन सुनार, गोविन्द राज खड्का, र दीपेश कुमार चौधरीले अभिनय गरेका छन्।
नाटकले मानव अस्तित्वको शून्यता र त्यसको विशाल विश्व ब्रह्माण्डलाई उजागर गर्दै जीवनको सत्यतालाई दर्शकसमक्ष प्रस्तुत गर्नेछ। यसले दर्शकहरूलाई जीवनको यथार्थसँग साक्षात्कार गराउने छ।
ओजस थिएटर एण्ड फिल्म स्टुडियोले समाजमा रहेका विकृति र विसङ्गतिलाई उजागर गर्दै समतामूलक र समावेशी समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको छ। ओजसले यसअघि पनि पिंजडा, जालो, म जोकर बन्छु, असुर, मृत्युकुण्ड, कर्तव्य र एक चिहान जस्ता चर्चित नाटकहरू मञ्चन गरिसकेको छ।
'आवर्त' नाटकको निर्देशन विकाश पौडेलले गरेका छन् । लेखक नारायण लामिछाने हुन्। यस नाटकमा लाइट व्यवस्थापन गोविन्दराज खड्का, उत्पादन व्यवस्थापक जेसिका पोखरेल, नृत्य कोरियोग्राफी रूबिन सुनार, सेट/प्रप्स व्यवस्थापन दीपेश कुमार चौधरी, प्रकाश परिचालक विशाल महर्जन, ध्वनी परिचालक भरत महर र पोशाक व्यवस्थापन गोविन्द विश्वकर्माले गरेका छन्।
समाजको सकारात्मक रूपान्तरण र चेतनाको प्रवाहका लागि प्रस्तुत हुन लागेको 'आवर्त' नाटक सबै वर्ग, समुदाय, जातजाति, लिङ्ग र पेशाकर्मीका लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ।
उक्त नाटकमा ६ पात्रहरुलाई देख्न सकिन्छ । उज्ज्वल नामक भूमिकामा पंकज सार्की छन् । विकास पौडेलले अजयको भूमिका निर्वाह गरेका छन् । आस्थाको भूमिका जेसिका पोखरेल र अम्बाको भूमिका रुविन सुनारले निभाएका छन् । गोविन्द राज खड्काले गजेन र हर्तुनको भूमिका दिपेश कुमार चौधरीले निभाएका छन् ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया