भारतको जम्मू कश्मीर र हरियाणामा विधान सभा निर्वाचनको मिति घोषणा

काठमाडौँ- भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ ।
त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ । दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू कश्मीरमा ९० विधानसभा सीट हुनेछन् । निर्वाचन आयोगले यस वर्ष जम्मू कश्मीर विधानसभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधानसभामा ८७ सिट थिए ।
हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मु कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो । एजेन्सी

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया