खोपको व्यवस्था गर्न व्यवसायीको माग

दाङ : यहाँका कानुन व्यवसायीले कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।
उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)दाङ लाई खोपको व्यवस्था गर्न परामादेश भएपनि अहिलेसम्म त्यसप्रति कुनै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ ।
उच्च अदालत बार एकाइ तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार एकाइ दाङका अध्यक्ष शिवप्रसाद घिमिरेले आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञाको बीचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दीप्रत्यक्षीकरण, थुनछेक र कोराना सम्बन्धी मुद्धाबाहेक अन्यमा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ । रासस

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

प्रतिक्रिया