पत्रकार बिक्रम सुनारको पहिलो गीत ‘निगाली झाँपो’ आउँदै

काठमाडौँ- आर्थिक क्षेत्रका सक्रिय पत्रकार बिक्रम सुनारको ‘निगाली झाँपो’ बोलको गीत बजारमा आउने भएको छ ।
चर्चित गायिका प्रिति आले मगर र सुनारको स्वरमा रहेको उक्त गीत भदौ पहिलो साता नै नेपाली संगीत बजारमा आउन लागेको हो ।
अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगितक क्षेत्रमा सक्रिय रहँदै आएका सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् ।
गायन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली गित ‘निगाली झाँपो’ ल्याउन लागेको गायक सुनारले बताए ।
उनका अनुसार यो मौलिकपनसहितको गीत हो । ‘निगाली झाँपो’ को लय तथा शब्द सृजना कलाकार भुवन बिकेको रहेको छ ।
गीतमा भुवन बिकेले नै संगीत संयोजन गरेका छन् । ‘निगाली झाँपो’को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिनेछ ।
गीतको म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायाङ्कन सुमन थापा र भिडियो सम्पादन विकास थापाले गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया