उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे

सिओल- उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगेका छन् ।
योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरेपछि मंगलबार बिहान उत्तरपूर्वी काउन्टी गोसेओङमा हिरासतमा लिइएको थियो ।’
उनले भने कि, ‘भाग्ने एक कर्मचारी सैनिक हो भन्ने सोचिएको छ ।’
उनलाई भाग्नुको कारणबारे सोधपुछ गरिएको थियो । दक्षिण कोरियाली रक्षा अधिकारीलाई उद्धृत गर्दै नाम नखुलेको रिपोर्ट गरिएको छ। अधिकारीले थप विवरण दिन अस्वीकार गरेका छन् ।
उत्तर कोरियाली बासिन्दाले देशको पश्चिमी तट नजिकैको सीमा पार गरेको करिब दुई हप्तापछि यो नयाँ घटना सार्वजनिक भएको हो ।
दुई कोरियाबीचको अत्यधिक बलियो सीमा पार गर्नु अत्यन्तै जोखिमपूर्ण र तुलनात्मक रूपमा दुर्लभ घटना मानिन्छ ।
यसरी भाग्ने उत्तर कोरियाली नागरिक चीन र अन्य तेस्रो मुलुक हुँदै दक्षिण कोरिया जाने गर्छन् ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया