असार २२ देखि दोस्रो चरणको भेरोसेल खोप लगाइने
अघिल्लो खोप अभियानमा पहिलो डोज लगाइ छुटेकाले पनि लगाउन पाउने

काठमाडौं : कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई असार २२ गतेबाट दोस्रो चरणको खोप लगाइने भएको छ । अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमणसिंहले जानकारी दिए । पहिलो मात्रा लगाएकाले कार्ड अनिवार्य देखाउनुपर्नेछ ।
चीनले अनुदानस्वरूप १० लाख डोज खोप दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ गते खोप लगाउने निर्णय गरेको थियो । चीनले हालसम्म १८ खोप सहयोग प्रदान गरिसकेको छ ।
देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खाेपको पहिलो डोज लगाइएको थियो । नेपालमा पहिलो चरणको खोप गत वर्षको माघ १४ गतेदेखि २४ गते सम्म भारत सरकारले कोभिसिल्ड खोफ अनुदानस्वरुप दिएको १० लाख डोज लगाइएको थियो ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया