‘गल्छी-रसुवागढी सडक’ आंशिक रूपमा सञ्चालन

त्रिशूली (नुवाकोट)- सडकमाथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रूपमा पुनःसञ्चालन भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिरोले सडक पूर्णरूपमा बन्द भएकोमा आज साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिए ।
उनका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिरोले पूर्णरूपमा बन्द भएको थियो । पहिरोसँगै खसेको ठूलो ढुङ्गा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।
गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ । पहिरोसँगै ठूलो ढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरूपमा सञ्चालन गराउन बाँकी रहेको छ ।
'तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,' योजना प्रमुख श्रेष्ठले भने, 'ठूलो ढुङ्गालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ ।'

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया