जर्मनीको सोलिङ्गेन छुरा प्रहारबारे अनुसन्धान जारी

बर्लिन- जर्मनीको पश्चिमी शहर सोलिङ्गेनमा शुक्रबार भएको छुरा आक्रमणको अझै अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
आक्रमणमा आतङ्कवादी उद्देश्य रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
प्रहरीले शनिबार एक जनालाई नियन्त्रणमा लिएको र उनी आक्रमणसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेमा १५ वर्षीय किशोर रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
शहरस्थापनाको ६५० औँ वर्षगाँठको अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भएको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
जर्मन पत्रिका बिल्डका अनुसार पक्राउ परेका व्यक्तिको उपस्थिति आक्रमणकारीबारे घटनास्थलमा प्रत्यक्षदर्शीले दिएको विवरणसँग मेल खाँदैन । (एएफपी)

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया