कसैले भनेकै भरमा संविधान संशोधन सम्भव छैन : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैले भनेकै भरमा संविधान संशोधन सम्भव नरहेको बताएका छन् ।
आइतबारबाट काठमाडौँमा सुरु पार्टीको पहिलो पूर्ण पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै दलले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको बताएका हुन् ।
उनले सबै दलसँग सहकार्य र सहमति गरेर राष्ट्रिय आवश्यकताका आधार संविधान संशोधन हुनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले विद्रोह गरि नयाँ पार्टी बनाउने कदम ठीक रहेको भन्दै पार्टीको भविष्य राम्रो रहेको बताए ।
नेपालले आफूहरूले विद्रोह गरेका कारण राजनीति ठीक दिशामा आएको र संविधान बच्न सफल भएको उल्लेख गरे । कम्युनिष्ट आन्दोलनमा धेरै गुटबन्दी धेरै देखापरेको भन्दै वस्तुनिष्ठ समीक्षा गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए । अध्यक्ष नेपालले पार्टी नीतिविपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले तीन वर्षमा पार्टीले गरेको प्रगतिको ठोस र व्यवस्थित ढंगले समीक्षा गर्दै आगामी तीन वर्षको रणनीति बनाउनुपर्ने बताए । उनले विभिन्न जनचासोका मुद्दाहरूलाई उठाउँदै सडक आन्दोलन गर्नुपर्ने उल्लेख गरे ।
बैठकमा केन्द्रीय संरचनाहरूको गठन, पदाधिकारी छनोटलगायत विविध विषयमा छलफल हुने समाजवादीले जनाएको छ । गत असरमा सम्पन्न महाधिवेशनले पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया