बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेशल स्क्रिनिङ हुने

काठमाडौँ- अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिउड फिल्म ‘शोले’को स्पेशल स्क्रिनिङ अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने भएको छ । यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन् ।
यो फिल्म अगस्ट ३१ मा मुम्बईको रिगल सिनेमामा साँझ ५:३० बजे प्रर्दशन हुनेछ । फिल्म ५० वर्ष पुरानो भिन्टेज सिनेमास्कोप प्रिन्टमा प्रर्दशन गरिने छ ।
सो अवसरमा चलचित्रका निर्देशक रमेश सिप्पी र लेखक सलिम जावेदको पनि उपस्थिति रहनेछ । यी तीन बाहेक चलचित्रसँग सम्बन्धित अन्य कलाकार पनि प्रदर्शनमा देखिने चर्चा छ । सलिम-जावेदको कथामा आधारित डकुड्रामा ‘एंग्री योङ म्यान’ हालै रिलिज भएको छ । यसको निर्माता जोया अख्तरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ‘शोले’ को स्क्रिनिङको जानकारी दिएकी छिन् ।
डकुमेन्ट्रीमा 'एन्ग्री यंग म्यान' ले सलिम-जावेदको संघर्ष, करियर र उनीहरुको बिछोडको बारेमा चर्चा गरिएको छ । यसमा आफ्ना छोराछोरी सलमान-अरबाज खान र फरहान-जोया अख्तर बाहेक, धेरै प्रसिद्ध बलिउड कलाकारहरूले सलीम-जावेदसँग सम्बन्धित आफ्नो कथाहरू सेयर गरेका छन् ।
सिरिजमा अमिताभ बच्चन, आमिर खान, साउथ सुपरस्टार यश, करण जोहर, फराह खान लगायत धेरै सेलेब्सले यी दुईको चर्चा गरेका छन् ।
फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो । यसमा अमिताभ बच्चन, धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, जया बच्चन, अमजद खान, सत्येन कप्पु, एके हंगल, जगदीप र असरानीलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका थिए ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_gxvaCgMZ9k_chtal1ii4xfcg0flnvqg4cqsokprihtf3cxxbn2lmbc6dnhcqzuqoqm7s84q.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया