‘नाडा अटो शो’मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

काठमाडौं- नाडा अटो शो २०२४ मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकलको बुकिङ भएको दाबी गरिएको छ । नेपालमा ट्राइम्फ मोटरसाइकलको आयातकर्ता कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले यस्तो दाबी गरेको हो।
ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ। ट्राइम्फ विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित ब्राण्ड हो।
नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ। मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले देखाएको क्रम्पनीको भनाइ छ।
गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको बताए।
ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको कम्पनीको दाबी छ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया