बन्धकको विषयमा भएको हड्तालले इजरायलमा राजनीतिक विभाजनलाई झल्काउँदै

काठमाडौँ - गाजाका बन्धकहरूलाई फिर्ता गर्न असफल भएको विरोधमा इजरायलमा आम हडतालको आव्हानले सोमबार यसको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू निम्त्याएको छ ।
गाजामा छ जना बन्धक मृत फेला परेपछिको आक्रोशमा दशौँ हजार इजरायली आइतबार सडकमा ओर्लिएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूलाई दोष दिँदै युद्धको अन्त्य गर्न हमाससँगको सम्झौतामा उनीहरूलाई जीवित फिर्ता गर्न सकिने धारण व्यक्त गरेका छन् ।
तर अन्यले हमासमाथि सैन्य दबाब कायम राख्ने नेतान्याहूको रणनीतिलाई समर्थन गर्दछन् ।
इजरायली ट्रेड युनियन, हिस्टाड्रटले सोमबारका लागि आम हडतालको आह्वान गरेको छ । यसको उद्देश्य बैंकिङ, स्वास्थ्य सेवा र देशको मुख्य विमानस्थललगायत अर्थतन्त्रका प्रमुख क्षेत्रहरू बन्द गर्ने वा अवरोध गर्ने हो ।
बन्द आव्हानले इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बेन–गुरियनमा वायुसेवाहरूले केही समयका लागि उडानहरू रोकेका थिए भने इजरायल विमानस्थल प्राधिकरणका अनुसार आगमन उडानहरू सामान्य रूपमा जारी थिए ।
हड्तालका कारण बैंक, ठूला मल र सरकारी कार्यालयहरू सबै बन्द थिए भने सार्वजनिक यातायात सीमित थियो । तेल अभिभसहित इजरायलको अन्य क्षेत्रका नगरपालिकाले हडतालमा भाग लिइरहेका थिए ।
यद्यपि जेरुसेलमसहितका केही नगरपालिकाले हडतालमा भाग लिएका थिएनन् । हडताल राजनीतिबाट प्रेरित भएको भन्दै राज्यले श्रम अदालतमा हडताल रद्द गर्न अपिल गरेको इजरायली मिडियाले जनाएको छ ।
युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो प्रदर्शन आइतबार भएको थियो ।
प्रदर्शनका सहभागीहरूले नेतान्याहूले गाजामा बन्दी बनाइएका बन्धकहरूलाई फिर्ता गर्ने सम्झौता गरी हमासलाई यथावत् राखी फिर्ता लिनु पर्ने माग गरेका छन् ।
नेतान्याहूले हमासमाथि “पूर्ण विजय“ को वाचासहित वार्ताको असफलताका लागि हमासलाई दोष दिएका छन् ।
इजरायली सेनाले सुरङ्गमा पुग्नुभन्दा अघि नै हमासले बन्धकहरूलाई मारेको इजरायलले जनाएको छ ।
नेतान्याहूले हमासलाई दोष दिँदै जसले बन्धकहरूको हत्या गर्छ उसले सम्झौता नचाहने बताएका छन् ।
हमासले इजरायल र अमेरिकामा उनीहरूको मृत्युलाई दोष दिँदै गाजाका दुई रणनीतिक करिडोरमा स्थायी इजरायली नियन्त्रणसहित नयाँ मागहरू जारी गरेर वार्ता बिथोलेको आरोप लगायो । हमासले युद्धको अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ती र उच्च–प्रोफाइल उग्रवादीसहित ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा बन्धकलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।
आइतबार मृत फेला परेका ६ जना बन्धकमध्ये एक इजरायली–अमेरिकी हर्श गोल्डबर्ग–पोलिन, बर्कले, क्यालिफोर्नियाका मूल निवासी थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारको घटनापछि आफू ‘निराश र आक्रोशित’ भएको बताएका थिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x1JBAGxkZk_lhf78ft1z3nhfdkue3ueejmb38pj1r5wm5gdcrhonltf8lbu8nh2ausbrrwk.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_O5YQUOvKDm_rlyqaiph8hhzg8ojylxokiiz98we3pkvs0d6l4uyininafzjvan9pazsij89.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया