शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

सात महिनादेखि स्वास्थ्य बीमाको भुक्तानी भएन

तनहुँ - दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमा वापतको रकम भुक्तानी पाउन सकेको छैन । गतमाघ महिनादेखि साउन महिनासम्म दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो । अस्पताललाई समयमा रकम भुक्तानी नगरिदिँदा औषधिको अभाव देखिन थालेको दमौली अस्पताल स्वास्थ्य बीमा इन्चार्ज मदन गौतमले जानकारी दिए । 

गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगरिदिँदा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ । अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, 'उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन् ।' 

अस्पतालका अनुसार माघ महिनामा २८ लाख १० हजार नौ सय २१, फागुनमा रु ३४ लाख ३६ हजार सात सय ३८ र  चैतमा ४१ लाख ७३ हजार चार सय १५ रकम भुक्तानी हुन बाँकी छ । वैशाख ३६ लाख ६५ हजार चार सय ८९, जेठमा ४५ लाख ३९ हजार पाँच सय पाँच, असारमा ३८ लाख ५८ हजार दुई सय ५१ र साउन महिनामा ४० लाख ९२ हजार छ सय ७५ रकम भुक्तानी भएको छैन ।

औषधि व्यवसायीलाई लामो समयदेखि रकम भुक्तानी नगरिदिँदा पुनःऔषधि मगाउन नसकिएको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । 

'अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालिसकेको छ', उनले भने, 'आजका मितिसम्म जेनतेन धान्दै आएको थियौँ, अब धान्न गाह्रो हुने देखिएको छ ।'

उनका अनुसार १५ शय्या क्षमताको यस अस्पतालले ५० शय्या बराबरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिसहरुको उपचारमा आउने गर्दछन् । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल