कृष्ण गौतमको 'अद्वैत' लाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०
काठमाडौँ - चितवनको कविडाँडा साहित्य समाजले यस वर्षको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८०’ कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ। उत्कृष्ट पाँचमा रहेका अन्य कृतिहरूलाई पछि पार्दै, ‘अद्वैत’ ले यो प्रतिष्ठित पुरस्कार जितेको हो।
निर्णायक मण्डलका अनुसार ‘अद्वैत’ ले विभाजन र द्वन्द्वले ग्रस्त आजको समाजलाई एकतामा बाँध्ने अद्वैत सिद्धान्तलाई कुशलतापूर्वक चित्रण गरेको छ। पुस्तकले मानव समाजको विविध मत, पन्थ, र विश्वासहरूको गहिराइमा पुगेर सबैको मूल सार मानवता रहेको सन्देश दिँदै, समभाव र ऐक्यको स्थापना गर्ने प्रयासलाई बोधगम्य भाषामा प्रस्तुत गरेको छ।
पुरस्कार स्वरूप गौतमलाई रु १,२५,००० नगद र कदरपत्र प्रदान गरिने छ। आगामी २०८१ को तिहारपछि एक विशेष समारोहमा पुरस्कार वितरण गरिने बताइएको छ।
उत्कृष्ट पाँच कृतिहरूको सूचीमा अन्य सिर्जनाहरूमा सानु शर्माको कथा-सङ्ग्रह ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, गोविन्दप्रसाद कुसुमको ‘भृकुटी’ तथा रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ समावेश थिए।

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : बसन्त चौधरीको उपन्यास ‘देवयानी’

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_8r4DdxPP6b_a829ysq9se1p9us94niefqv4rytirwgbr1qzvcydovvyvllc8v7b0yzxahr3.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

प्रतिक्रिया