बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

काठमाडौँ- बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री-२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली- २ को नाममा थियो । बाहुबली -२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो ।
स्त्री- २ ले यस अघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो । करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया