सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो

काठमाडौँ- अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ ।
यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो ।
स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा अवतरण भएको थियो ।
बोइङ कम्पनीले नासाका लागि यो अन्तरिक्ष यान बनाएको हो । जुन ५ मा सुनिता र बुचलाई आईएसएसमा पठाइएको थियो । यो केवल ८ दिनको मिसन थियो, तर यसको सुरक्षित फिर्तीमा समस्या आएपछि सुनिता र बुचलाई आईएसएसमै छाडेर यो यान पृथ्वीमा फर्किएको छ ।
अन्तरिक्ष यानमा हिलियम ग्यास चुहावट भएको जानकारी आएको थियो । नासाले अगस्ट २४ मा स्टारलाइनरमा सुरक्षा समस्याका कारण बुच र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउन नसकिने बताएको थियो ।
अब सुनिता र बुचलाई एलन मस्कको कम्पनी स्पेसएक्सको क्रू ड्र्यागन स्पेसक्राफ्टले आगामी फेब्रुअरीमा मात्र फिर्ता ल्याइने बताइएको छ । नासाले भने अन्तरिक्ष यानमा भएको खराबीबारे नासा र बोइङबीचको संयुक्त टिमले अनुसन्धान गर्ने बताएको छ ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया