भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छाडेर स्पेनको शरणमा

काठमाडौँ- भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका हुन् ।
भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए ।
चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न समेत अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन् ।
गोन्जालेज स्पेन जानु अघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया