उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

काठमाडौँ - नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि विभिन्न प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणित गर्ने बाटो पनि लोकतन्त्रमा रहेको उनले बताए ।
आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण गर्दै बास्कोटाले प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने जिकिर गरे ।
उनले सांसदहरुमाथि नै प्रश्न उठ्दा के गर्ने भनेर कानुन बनाउनुपर्नेमा जोड दिए । उपसभामुखका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिजनेस नभई संसदको बिजनेस भएको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया