‘डेडिकेटेड’ तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट

काठमाडौँ - उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज दायर गरेको रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउने गरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुलउपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नु, नरोक्नु, रोक्न नलगाउनु भनि परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ । साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेशसमेत माग गरिएको छ ।

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

प्रतिक्रिया