‘लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर’ सञ्चालनमा

काठमाडौं- लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ।
हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ।
सेन्टरमा सबै प्राविधिक हरु इभी सर्टीफाइड दक्षता हासिल गरेका कम्पनीको दावी छ। सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किंग सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ।
ग्राहकहरुको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै आफ्ना ग्राहकवर्गहरु को सहजता र सहुलियतको लागि सो स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया