सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए । उनले भने, 'जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ ।'
मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे ।
सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए ।
बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजश्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन ।
प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ । केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा गत साउन २२ गते नयाँ सरकार गठन भएको थियो ।
सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि रु ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ रु ११ अर्ब सात करोड १९ लाख र पूँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख छुट्याइएको थियो । वर्तमान सरकारले रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_qYlhjZbGYo_sczkwre3y7zhloewenloyrzrrstnlqbnxf7xyxnxg1ammdr1knpnpyttczor.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया