निर्माण व्यवसायीहरूलाई अन्याय हुन दिन्न : मुख्यमन्त्री शाह

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको आज धनगढीमा आयोजित १७ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई संशोधन गर्न तथा कार्यविधि बनाएर अगाडि बढ्ने भए पनि आफू तयार रहेको विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री शाहले काम सम्पन्न भइसकेका, दायित्व सिर्जना भइसकेका, भुक्तानी दिन बाँकी रहेका निर्माण व्यवसायी, कम्पनीहरूलाई भुक्तानी दिनुपर्दछ भनी स्पष्ट निर्देशन दिएको बताए । उनले भने, 'यो बजेटमा त्यो सम्बोधन हुन्छ भन्ने मलाई विश्वास छ र यही सेरोफेरोमा यो बजेटलाई अगाडि बढाउन खोजिएको छ ।'
प्रदेश सरकारले काम गर्न खोज्दाखोज्दै पनि कतिपय संघीय ऐन, नियमावली बाझिएका कारणले पनि हामी अगाडि बढ्न नसकेको अवस्था रहेको उनको भनाइ छ । 'हामीले सबै विकास निर्माणका प्रक्रियाहरूलाई अवरोध गरेर जानुपर्दछ, पन्छाएर जानु पर्दछ भनेको होइन,' उनले भने, 'हामी सबै मिलेर अगाडि बढ्ने हो ।'
निर्माण व्यवसायहरूलाई हतोत्साहित, निरुत्साहित गर्ने काम सरकारले नगर्ने उनले स्पष्ट पारे । निर्माण व्यवसायीलाई कुनै पनि समयमा आफूसँग छलफल तथा सम्पादनमा आउन मुख्यमन्त्री शाहले आग्रह गरे । शाहले भने, 'अहिले हामी बजेट निर्माण प्रक्रियामा छौँ यसभित्र थप केही सुझाव छन् भने लिखित रूपमा दिनुहोला ।'
आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीहरूले सुदूरपश्चिमको विकासका निम्ति सरकारलाई सहयोगी पात्रका रूपमा आफूले मूल्यांकन गरेको बताए ।
नेपाल निर्माण व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायसम्बन्धी विधेयकलाई चाँडोभन्दा चाँडो सदनबाट पास हुने, देशको समृद्धि र विकास निर्माणलाई अगाडि बढाउनका लागि, सार्वजनिक खरिद ऐन संशोधन भएर निर्माण उद्योगमैत्री ऐन प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मणकिशोर स्वाँरले निर्माण व्यवसाय संघमा देखिएको समस्या राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका जिल्ला अध्यक्षहरू, आर्थिक मामिला मन्लालयका सचिव, सहायक प्रमुख जिल्ला अधिकारी, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष, सञ्चारकर्मी लगायतको सहभागिता थियो । रासस

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_EZvwovfVLA_r6mj59abogdjbfmilztfcupgldwabjnlzdnp1gkdrfc1js1xsfpppchtwxvk.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया