फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक

स्टकहोम- सैन्य गठबन्धनका दुई नयाँ सदस्यले सोमबार छिमेकी फिनल्यान्डमा भावी नाटो ल्यान्ड फोर्स (स्थल सेना) को व्यवस्थापन गर्न स्विडेन तयार रहेको घोषणा गरेका छन् । फिनल्यान्डको सीमा रुससँग जोडिएको छ ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणलाई दृष्टिगत गरी दुवै नर्डिक मुलुकले दशकौँको सैन्य असंलग्नतालाई परित्याग गर्दै नाटो सदस्यताका लागि आवेदन दिएका थिए ।
फिनल्यान्ड सन् २०२३ मा र स्विडेन यस वर्ष नाटोको सदस्य बनेका छन् ।
नाटोले जुलाईमा रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्डमा कथित फरवार्ड ल्यान्ड फोर्सेस (एफएलएफ) को उपस्थिति विकास गर्नुपर्ने बताएको थियो ।
फिनिश रक्षामन्त्री एन्टी हक्कानेनले पत्रकार सम्मेलनमा भने, “नाटो देशमा यस्तो प्रकारको सैन्य उपस्थितिका लागि अवधारणाको कार्यान्वयनमा महत्त्पूर्ण भूमिका निर्वाह गर्ने फ्रेमवर्क आवश्यक छ ।”
नाटो देशहरूले स्विडेनलाई फिनल्यान्डले बल व्यवस्थापन गर्न आग्रह गरेको बताए ।
हक्कानेनले स्विडिश समकक्षी पल जोन्सनसँग पत्रकार सम्मेलनमा भने, “फिनल्यान्डमा अग्रिम स्थल सेनाका लागि फ्रेमवर्क मुलुकका रूपमा भूमिका निर्वाह गर्ने स्विडिश सरकारको महत्त्वाकांक्षा छ ।”
जोन्सनले प्रक्रिया अहिले नै ‘प्रारम्भिक चरण’ मा रहेको र नाटोभित्र विवरण तयार गरिने कुरामा जोड दिए । उनले स्विडिश संसद्सँग पनि थप परामर्श गरिने जानकारी दिए ।
फिनिश रक्षामन्त्री हक्कानेनले वास्तविक बलका बारेमा विवरण नाटोका अन्य मुलुकसँग योजना बनाएर स्पष्ट गरिने बताए । उनका अनुसार सैनिकहरूको सङ्ख्या र उनीहरूको यकिन स्थानबारे अहिले नै निर्धारण भइसकेको छैन ।
नाटोले हाल पूर्वी युरोपमा बुल्गेरिया, इस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्यान्ड, रोमानिया र स्लोभाकियामा यस्ता अग्रिम समूवा वा ‘बहुराष्ट्रिय युद्ध समूह’ रहेको बताएको छ । (एएफपी)

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया