आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौँ- भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।
आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् ।
कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराहन्न राजीनामा दिने बताइएको छ ।
४३ वर्षीय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया