इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ - इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए ।
दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ । लेबनानको राज्य-संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको छ ।
यस अघि लेबनानभरि पेजर र वाकीटकीमा भएको विस्फोटमा कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए । अर्कोतर्फ, इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन् ।
अक्टोबर ८, २०२३ मा, गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरे, त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ । त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धतामा इजरायली लक्ष्यहरूमा बमबारी जारी राखेको छ ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया