'सन् २०२३ मा विष्फोटक पदार्थबाट १५ सय सोमाली नागरिकको मृत्यु'

काठमाडौँ - सोमालियामा गत वर्षमा ६०० वटा इम्प्रोभाइज्ड एक्प्लिसिभ डिभाइस (आईईडी) बाट कम्तिमा १५ सय सर्वसाधारणको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।
सोमालियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका कार्यवाहक विशेष प्रतिनिधि जेम्स स्वानले सोमालिया राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता र दिगोपनतर्फ अघि बढ्दै गएपनि आइइडीको खतरा भने अझै उस्तै रहेको बताए ।
“आईईडीको खतरा कत्तिको गम्भीर छ भन्ने सबैलाई थाहा छ । यो आक्रमण हाम्रा सोमालिया राष्ट्रिय सेना (एसएनए) का सिपाहीहरू लक्षित छ । यो खतराको समाधान खोज्नु अत्यन्त महत्त्वपूर्ण छ,” स्वानले मोगादिसुमा भने ।
सन् २०२३ मा आइईडीको कारण ३७८ को मृत्यु र ४७१ सोमाली सेना घाइते भएको रिपोर्ट गरेको संयुक्त राष्ट्रले जनाएको छ ।
सन् २०२० देखि सोमाली सेनाले यूएन माइन एक्शन सर्भिस (यूएनमेएएस) द्वारा समर्थित आइईडीद्वारा उत्पन्न खतराको सामना गर्न बढ्दो क्षमता प्रदर्शन गरेको छ ।
आइईडीको निरन्तर खतरा विरुद्ध लडाईको नेतृत्व गरिरहेको यूएनमेएएसले सोमाली सेनाहरुलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।
---

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया