थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने

थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ । थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् । मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानुनलाई राजपत्रमा समेत प्रकाशित गरिएको छ ।
अब यो कानुन १२० दिनपछि लागु हुने छ । यो कानुन लागु भएपछि पहिलो कानुनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ । थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।
गत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानुन पारित गर्ने एशियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानुन बनेको थियो ।
यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया