आइपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्न सक्ने, 'राइट टु म्याच कार्ड' पनि लागु

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपीएल)को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ ।
आइपीएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम बनाएको छ भने अन्य पाँच खेलाडी भारतीय र विदेशी जो पनि हुनसक्ने नियम बनाएको छ । रिपोर्टका अनुसार शनिबार आइपीएल गभर्निङ काउन्सिलको वार्षिक बैठकमा यी निर्णयहरू गरिएको हो ।
त्यस्तै अब टोलीको पर्स सीमा पनि १०० करोडबाट बढाएर १२० करोड भारु पुर्याइएको छ । मेगा अक्सन यस वर्ष नोभेम्बरमा हुन सक्ने बताइएको भएपनि मिति भने अझै तोकिएको छैन ।
त्यस्तै यस वर्ष हुने मेगा अक्सनमा टोलीले 'राइट टु म्याच कार्ड' पनि पाउनेछन् । एउटा टोलीले बढीमा ६ खेलाडीलाई टोलीमा राख्न सक्छ । यसले कोलकोता, सनराइजर्स, चेन्नई, राजस्थान र मुम्बई जस्ता खेलाडीलाई फाइदा पुग्ने देखिएको छ ।
अक्सनअघि आइपीएल टोलीहरूले ५ अन्तर्राष्ट्रिय खेलाडी र एक अनक्याप खेलाडी राख्दा कुल ७९ करोड खर्च हुने भएको छ र तिनीहरूको पर्समा मात्र ४१ करोड रुपैयाँ बाँकी हुनेछ, जुन रकमले बाँकी २० खेलाडी किन्नुपर्ने हुने भएको छ ।
रिटेन गरिएका खेलाडीमध्ये शीर्ष २ खेलाडीको मुल्य १८–१८ करोड, २ खेलाडी १४–१४ करोड र १ खेलाडी ११ करोड हुने गरि तोकिएको छ । त्यस्तै रिटेन गरिने एक अनक्याप्ड खेलाडीलाई ४ करोडमा रिटेन गर्न सकिनेछ ।
हरेक पटक आइपीएल मेगा लिलामीमा विदेशी र भारतीय खेलाडी राख्ने सीमा तोकिएको थियो । तर, यसपटक विदेशी र भारतीय खेलाडीलाई रिटेन गर्ने कुनै सीमा छैन । फ्रेन्चाइजीले चाहेमा सबै पाँच भारतीय वा पाँच विदेशी खेलाडीलाई राख्न सक्छ ।
त्यस्तै पाँच पटकको आइपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी अनक्याप्ड प्लेयरको रूपमा आइपीएल खेल्न सक्ने भएका छन्। आइपीएलले आफ्नो पुरानो नियमलाई पुन: लागू गर्ने निर्णय गरेसँगै धोनी अनक्याप्ड खेलाडीको रुपमा चेन्नईमा रिटेन हुन सक्ने भएका हुन् । आइपीएलले ५ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खेलाडीले अनक्याप्ड खेलाडीको रुपमा लिलामीमा सहभागी हुन पाउनेछन् ।
धोनीले सन् २०२० मा सन्यास लिएका थिए तर उनले आफ्नो अन्तिम खेल भारतका लागि सन् २०१९ मा खेलेका थिए । यसरी सन् २०२५ को आइपीएलसम्ममा उनको सन्यास र अन्तिम खेल दुवै ५ वर्षभन्दा बढी हुनेछ । यो नियम पहिले कहिल्यै प्रयोग गरिएको थिएन, जसका कारण यसलाई सन् २०२१ मा हटाइएको थियो । तर, अब सीएसकेले धोनीका लागि यो नियम प्रयोग गर्न सक्ने भएको छ ।
'राइट टु म्याच कार्ड'को फिर्ता
आइपीएल मेगा लिलामीमा 'राइट टु म्याच कार्ड'ले पनि पुनरागमन भएको छ । टोलीले कुनै खेलाडीलाई रिटेन गर्न नसकेमा 'राइट टु म्याच कार्ड' प्रयोग गरी मेगा अक्सनमा रिटेन गर्न सक्नेछन् । यदि टोलीले चाहेमा, तिनीहरूले सबै ६ खेलाडीहरू राख्न सक्छन् वा केही खेलाडीहरू राख्न सक्छन् र केहीलाई 'राइट टु म्याच कार्ड'को प्रयोग गरेर टिममा राख्न सक्ने भएका छन् । टोलीले चाहेमा एक खेलाडीलाई रिटेन गर्नुको सट्टा 'राइट टु म्याच कार्ड'मार्फत सबै ६ खेलाडी किन्न पनि सक्नेछन् ।
'राइट टु म्याच कार्ड' भनेको के हो ?
राइट टु म्याच अर्थात् आरटीएम कार्ड लिलामीमा रहेका टोलीहरूले प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि रोहित शर्मालाई मुम्बई इन्डियन्सले रिटेन गरेन भने उनको नाम लिलामीमा आउँछ र उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोडमा किन्न खोज्यो भने मुम्बईले चाहेमा 'राइट टु म्याच कार्ड' प्रयोग गरेर रोहितलाई १० करोडमा राख्न सक्छ । 'राइट टु म्याच कार्ड' सबै टोलीसँग हुनेछ ।
'इम्प्याक्ट प्लेयर' नियम रहने
सन् २०२३ मा लागू भएको 'इम्प्याक्ट प्लेयर' नियम पनि आइपीएलमा जारी रहने छ । यो नियमको सहायताले टोलीले प्लेइङ–११ को कुनै एक खेलाडीलाई खेलको बीचमा बेन्चमा बस्ने खेलाडीलाई बदल्न सक्छ । पछिल्लो सिजनमा यो नियमको प्रयोगका कारण बढी रन बनेको थियो । जसका कारण गत सिजन मात्रै प्रतियोगिता इतिहासको शीर्ष १० मा ९ उच्चतम स्कोर बनेको थियो ।

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

प्रतिक्रिया