बाह्रबिसे-तातोपानी सडक खुलाउन तात्यो स्थानीय सरकार, संघ र प्रदेशले उपेक्षा गरेको आरोप

सिन्धुपाल्चोक- असोज ११ र १२ गतेको अविरल वर्षाले बाह्रबिसे नगरपालिका- ५ स्थित अरनिको राजमार्गको सडक अवरूद्ध भयो । बाह्रबिसे नगरपालिकाको सिरिसे , खोर्सानीबारी, खागदलमा सडक अवरुद्ध भयो ।
उक्त अवरूद्ध सडक स्थानीय सरकारले हरप्रयास गरेर बल्लतल्ल खुलायो । उक्त सडक तत्काल खुलाउन बाह्रबिसे नगरपालिकालाई निकै चुनौती थियो । चुनौती पनि किन नहोस् हिन्दुहरूको महान चाड दशैँको सामान लिएर चीनबाट आएको कन्टेनर अलपत्र हुनबाट रोक्नु थियो ।
कन्टेनर अलपत्र हुन नदिने उदेश्यले राजमार्गको बाटो सहज गराउन नगरपालिका लागि परेको बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । 'राजमार्गको ठाँउठाँउमा पहिरो गएको छ । हामीले सडक खोलिरहेका छौँ' मेयर बस्नेतले भने ।
स्थानीय सरकार लागि परेर राजमार्ग खुलाउँदा प्रदेश र संघीय सरकारले सहयोग नगरेको मेयर बस्नेतले आरोप लगाए । 'हामीले दिनरात नभनि सडक खुलाउन लाग्यौँ तर संघीय र प्रदेश सरकार मुक दर्शक बन्यो' बस्नेतले भने ।
त्यस्तै भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाको पनि बस्नेतकै जस्तै गुनासो छ । संघीय र प्रदेश सरकारले सहयोग नगरेको उनले आरोप लगाए । 'भोटेकोसी गाउँपालिकाको लार्चामा पुल बगाएपछि अस्थायी रुपमा ह्युम पाइप हालेर बाटो खोल्ने काम भइरहेको छ' शेर्पाले भने 'लिपिङ खोलामा समेत उस्तै समस्या छ तर हामीलाई प्रदेश र संघीय सरकारले उपेक्षा गरेको छ ।'
नेपाल-चीनको नाकामा संघीय र प्रदेश सरकार चासो दिएर काम गर्नुपर्नेमा उपेक्षा गरेको शेर्पाको भनाई छ । 'यो दायित्व केन्द्र सरकारको हो तर हामीले स्थानीय सरकारको बजेट खर्च गरेर काम गर्नु परेको छ' उनले भने ।
अहिले सडक सुचारू गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिल्क ट्रान्सपोर्ट, नमस्ते ट्रान्सपोर्टलगायत नीजि क्षेत्र सक्रिय रुपले लागि परेका छन् । ११ र १२ गतेको अविरल वर्षाले सडकमा क्षति पुर्याएपछि दशैँको सामान लोड भएर चीनको खासामा करिब एक हजार कन्टेनर अलपत्र परेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

प्रतिक्रिया