‘राष्ट्रपतिलाई ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार कहाँ छ ?, विश्वासिलो आधार नभएपछि कसरी गर्ने ?'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिलाई संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार कहाँ छ ?’ भनी प्रश्न गरेका छन् । संवैधानिक इजलासमा बहस चलिरहँदा नायब महान्यायाधिक्तासँग राणाले भने, ‘आधार प्रस्तुत गरेमा नियुक्त गर्नुपर्छ भनेकै छ ?’ त्यसमा नायब महान्यायाधिक्ता पद्म पाण्डेको जवाफ थियो, ‘त्यसमा विश्वासिलो आधार प्रस्तुत गरेमा पो त नियुक्त गर्न सकिन्छ । तर प्रधानमन्त्री नियुक्त गर्ने गरी विश्वासिलो आधार नभएपछि कसरी नियुक्त गर्न सकिन्छ र ?’
संवैधानिक इजलासमा न्यायाधीश र नायब महान्याधिवक्ताबीच सवाल–जवाफ चलेको थियो । त्यसमा राणाले प्रतिप्रश्न गरे, ‘यदि विश्वासिलो आधार थिएन भने त फेरि आह्वान गर्नुपथ्र्याे नि ?’
तर, पाण्डेले भने विश्वास कै आधार नभएको खण्डमा नियुक्त नगर्न पाइन्छ भन्ने तर्क राखेका थिए । राणाका प्रश्नहरू थिए, ‘विश्वासिलो आधार भएन भनी किन आह्वान भएन त ? त्यसरी आह्वान गर्दा पनि त्यसबारे संसदलाई भन्नुपथ्र्याे ? संसदले नै सरकारले दिन सकेन भनी संसदबाट त्यसरी सिफारिस जानुपथ्र्याे । तब प्रतिनिधि सभा विघटन हुन्छ । नत्र राष्ट्रपतिले कसरी थाहा पाउने ?’
अझ नायब महान्यायाधिक्ता पाण्डेले राष्ट्रपतिका निर्णयमा अदालतले ‘रिभ्यू’ पनि गर्न पाउँदैन भन्ने तर्क राखेका थिए । त्यसमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको टिप्पणी थियो, ‘त्यसरी रिभ्यू गर्न नपाउने ठाउँ कहाँ छ र ? संविधानले भने बमोजिम रिभ्यू पाइन्छ । संविधानले कहाँ रोक लगाएको छ र ?’

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया