रौतहटमा करेन्ट लागेर आमा छोराको मृत्यु

रौतहट- रौतहटको परोहा नगरपालिका–७ नरकटिया टोलमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा र छोराको दर्दनाक मृत्यु भएको छ।
राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको मृत्यु भएको हो। घटनाको विवरण अनुसार ललिता देवी कपडा धुनको लागि पानी निकाल्न हैण्डपम्प चलाउन गएकी थिइन्।
हैण्डपम्पमा जडान गरिएको विद्युतीय मोटरमा अचानक करेन्ट लाग्दा उनी अचेत भइन्। आमालाई करेन्ट लागेको देखेपछि छोराले उनलाई बचाउने प्रयास गरे। अर्जितले मोटरको तार काट्ने क्रममा उनी स्वयं पनि करेन्टको चपेटामा परे।
घटनापछि दुवैलाई तत्कालै प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, तर अस्पतालले आमा-छोरालाई मृत घोषणा गर्यो। चिकित्सकहरूका अनुसार उनीहरूको मृत्यु घटनास्थलमै भइसकेको थियो।
मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। यस घटनाले स्थानीयमा शोकको वातावरण सिर्जना गरेको छ। अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन्। विद्युत सुरक्षा र सचेतनाको कमीले यस किसिमका दुर्घटनाहरू हुने गरेको तथ्यलाई पुनः एक पटक उजागर गरेको यो घटना हो।

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

प्रतिक्रिया