खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए

काठमाडौँ - माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आर्थिक सुधारको एजेन्डा घोषणा गर्दै विभिन्न मन्त्री र राजनीतिक नियुक्ति पाएका २२८ जनालाई हटाउने घोषणा गरेका छन् ।
राष्ट्रपति मुइज्जुले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताए ।
उनले भनेका छन्- 'यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन् । यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ ।'
पछिल्ला दिनमा माल्दिभ्सले आर्थिक संकट बेहोर्दै आएको छ । हालै विश्व बैंकले पनि माल्दिभ्सले आर्थिक मोर्चामा धेरै चुनौतिहरुको सामना गरिरहेको बताएको थियो । यस्तो अवस्थामा माल्दिभ्सलाई व्यापक आर्थिक सुधारको तत्काल कार्यान्वयन आवश्यक रहेको सुझाव विश्व बैंकले दिइएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x3qtEcT5ku_gs6wujgsqvjdvxvjtokjsembjo4xxonrss4yd8nic0ntli9fi45lctmfgfs8.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_XBUrUANFWG_gliacwsul6lzi5fiuhd6d516fupth3499avodlz4gnlk7tv1fl3qzrbsw76p.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया