एम्बाप्पेविरुद्ध स्विडेनमा बलात्कारको आरोप !
काठमाडौँ - रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।
रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको स्विडिस मिडियाले उल्लेख गरेका छन् । स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको रिपोर्टमा उल्लेख छ ।
फ्रान्सको राष्ट्रिय टिममा नपरेका एम्बाप्पे अन्तर्राष्ट्रिय ब्रेकमा निजी भ्रमणका क्रममा हालै स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले प्रमाणको रुपमा प्रहरीले कपडा बरामद गरेको र अहिलेसम्म औपचारिक रुपमा आरोप दर्ता भने नगरिएको उल्लेख छ ।
अर्कोतर्फ एम्बाप्पेले भने यस रिपोर्टलाई 'फेकन्यूज' भन्दै पिएसजीसँग आफ्नो विवाद बारे अदालतमा सुनुवाईको दिननै यस्तो समाचार आउनु अपेक्षा अनुसार नै भएको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी एएफपीले एम्बाप्पेविरुद्ध स्वीडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र स्विडिस मिडियामा चलाइएको यो खबरविरुद्ध कानुनी उपचारमा जाने एम्बाप्पेले बताएको उल्लेख छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया