सिन्धुपाल्चोकमा टुङ्ना बजाउने वीरबहादुरको जापानमा एकल टुङ्ना साँझ हुँदै

सिन्धुपाल्चोक- भोटेकोसी गाउँपालिका- १ का वीरबहादुर विकले जापानमा हुन लागेको एकल टुङ्ना साँझमा प्रस्तुति दिने भएका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ काङ्लाङमा जन्मिएका विक टुङ्ना बजाएर प्रख्यात भएसँगै उनले जिल्ला र जिल्ला बाहिरको कार्यक्रममा गएर टुङ्नाको धुनमा गीतसमेत गाउने गरेका थिए ।
अक्टोबर १७ अर्थात कार्तिक १ गते उनलाई चौतारो रेस्टुरेन्ट कामताले आयोजना गर्न लागेको टुङनाको एकल साँझ लाईभ कार्यक्रम गर्न लागेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए ।
ग्लोबल फोरम जापानको आयोजनामा हुन लागेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आउँदो कार्तिक ४ मा जापानको रोयल गार्डेन सिनओकुबमा हुने कार्यक्रमको लागि ग्लोबल फोरम जापानले निमन्त्रणा गरेको हो । शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा उनको प्रस्तुति राखिएको छ ।
उनको प्रस्तुतिको लागि विकलाई निम्तो गरिएको आयोजक संस्था ग्लोबल फोरम जापानले जनाएको छ। सो कार्यक्रमको लागि विक मंगलबार साँझ भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र कार्य पालिका सदस्य बच्चु घतानीको साथमा जापान उडेका छन् ।
उनले जापानको दुई साँस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् भने जापानको विभिन्न शहरमा भिजिट गराउने आयोजक संस्था ग्लोबल फोरमले बताएको छ ।
भोटेकोसी-१ काङ्लाङमा विपन्न परिवारमा जन्मिएका विकले पछिल्लो समय लोप हुँदै गएको टुङनाको धुनलाई कार्यक्रममार्फत प्रस्तुत गर्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले उनको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्दै आएका छन् भने कतिपय स्थानीयले समेत उनलाई सहयोग गर्ने गरेको छन् ।
आर्थिक अवस्था कमजोर र आँखाको दृष्टि कमजोर भएका उनी आफ्नो परिवारको सहारामा विभिन्न ठाउँमा कार्यक्रमका लागि पुग्ने गरेका छन् । विकलाई २०७४ को स्थानीय निर्वाचनपछि भोटेकोसी गाउँपालिकाका तत्कालीन अध्यक्ष राजकुमार पौडेलले पालिकाबाट र ब्यक्तिगत रुपले आर्थिक सहयोग गर्दै आएका थिए । उनलाई स्थानीय तहमा निर्वाचित भएपछि पालिका अध्यक्षहरूले सहयोग गर्ने गरेका छन् ।
उनले पहिलो पटक विदेश यात्रामा रहेर टुङ्नाको धुन र गीत गाएर दर्शकलाई मनोरञ्जन दिने छ्न् । सो साँस्कृतिक कार्यक्रममा जापानको लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा हुने आयोजक संस्था ग्लोबल फोरमले जनाएको छ । कार्यक्रमको स्पोन्सर प्रदिप कुमार थापाले गरेका हुन् ।

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

प्रतिक्रिया