बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौँ- बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।
यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ।
मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो- 'यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।'
मुम्बई पुलिस म्यासेज पठाउने व्यक्तिको खोजीमा लागेको बताएको छ । सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको छ । सलमानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसअघि सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । लरेन्स समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिदै,‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेको छ । यसअघि पनि पटकपटक धम्की आएका छन्, जरिवानासमेत तिरेका छन् । धेरै मामिलामा अल्झिएको छु ।'
यस अघि जनवरी २०२४ मा, अप्रिल २०२३ मा, मार्च २०२३ मा, जुन, २०२२ मा सलमानलाई ज्यान मर्ने धम्की दिइएको थियो ।
सलमानमाथि सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका क्रममा राजस्थानको जंगलमा कालो हरिणको शिकार गरेको आरोप छ । सलमान बाहेक सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम कोठारीलाई पनि आरोप लागेको थियो । त्यसपछि बिश्नोई समुदायले पनि सलमानविरुद्ध उजुरी दिएका थिए । यसका लागि सलमानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय पनि सुनाएको थियो तर पछि उनले यस मुद्दामा जमानत पाएका थिए । जसका कारण ग्याङ्गस्टर लरेन्स सलमान खानलाई मार्ने धम्की दिदै आएका छन् ।

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

सङ्गीतकार तथा कवि नन्दनको निधन

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

प्रतिक्रिया