नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौँ - लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाएको छ ।
इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतान्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय क्षति नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुको घर शिजरिया क्षेत्रमा छ । यसअघि इजरायली सेनाले शनिबार बिहान इजरायलतर्फ तीनवटा ड्रोन आक्रमण भएको बताएको थियो ।
यी मध्ये एउटा ड्रोनले भवनलाई निशाना बनाएको थियो भने अन्य दुईलाई इजरायलले रोकेको थियो । एक सामाजिक सञ्जाल पोस्टलाई उद्धृत गर्दै भनिएको छ, 'ड्रोनले निशाना बनाएको भवन नेतान्याहुको व्यक्तिगत निवासको हिस्सा थियो ।'
यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले शुक्रबार राति करिब २० वटा मिसाइल लेबनानबाट इजरायलमा प्रवेश गरेको जानकारी दिएको थियो । यी मध्ये केही क्षेप्यास्त्रहरू रोकिएका छन् भने केही क्षेप्यास्त्रहरू खुला ठाउँमा खसेको आइडीएफले जनाएको छ ।
एक टेलिग्राम पोष्टमा, हिजबुल्लाहले शुक्रबार राति इजरायलको उत्तरी क्षेत्रहरू, सफेद, मलाकिया र एविविममा धेरै रकेटहरू प्रहार गरेको जानकारी दिएको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x1JBAGxkZk_lhf78ft1z3nhfdkue3ueejmb38pj1r5wm5gdcrhonltf8lbu8nh2ausbrrwk.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_O5YQUOvKDm_rlyqaiph8hhzg8ojylxokiiz98we3pkvs0d6l4uyininafzjvan9pazsij89.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया