रास्वपामा म एक्लै छु, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो - डा. मुकुल ढकाल

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपामा आफू एक्लै भएको टिप्पणी गरेका छन् ।
ढकालले रास्वपाका कार्यकर्ता आन्दोलनमा भनेर नलेख्न पत्रकारहरूलाई अनुरोध गर्दै त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको भएको बताएका हुन् ।
उनले भनेका छन्, 'म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दामाथि कोहि छैन र राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु ।
कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।
रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन” ।

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

प्रतिक्रिया