मलाइकासँग ब्रेकअपको हल्लाबीच अर्जुन भन्छन्- म सिंगल छु

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग आफ्नो ब्रेकअप भएको पुष्टि गरेका छन् ।
अर्जुनले आफ्नो फिल्म‘सिंघम अगेन’ को प्रमोशनको क्रममा आफु सिंगल रहेको बताएर मलाइकासँग ब्रेकअप भएको पुष्टि गरेका हुन् । अर्जुले एक कार्यक्रममा आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै आफु अहिले सिंगल रहेको बताएका थिए ।
मलाइका र अर्जुनको ब्रेकअपको खबर लामो समयदेखि मिडियामा आइरहेपनि दुवैले अहिलेसम्म आधिकारिक रुपमा प्रतिक्रिया दिएका थिएनन् । यसपटक मलाइकाको बर्थडे पार्टीमा पनि अर्जुन कपूर नदेखिएपछि नै ब्रेकअपको अड्कल बाजी अझ बढेको थियो ।
अर्जुन कपूरको यो बयानको दुई दिनपछि मलाइकाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक नोट सेयर गरेकी छिन् ।
मलाइकाले आफ्नो पोष्टमा भनेकी छन्-‘कसैको मन एक सेकेन्डका लागि पनि छुन्छ भने जीवनभरको लागि कसैको मन छुन्छ ।'
अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकी थिइन् ।
यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।
मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै अलग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

सङ्गीतकार तथा कवि नन्दनको निधन

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

प्रतिक्रिया