'हरिबहादुरको जुत्ता' मा अभिनेत्री स्वस्तिमा अनुबन्ध

काठमाडौँ - अभिनेता हरिवंश आचार्यले चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’ मा निर्वाह गरेको हरिबहादुरको चरित्रमा आधारित भएर बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का भित्रिएकी छन् ।
शुक्रबार निर्माता सरोज ओलीले स्वस्तिमासँग कागजी सम्झौता गरेको जानकारी दिएका छन् । हरिवंशकै शीर्ष भूमिका रहेको यस फिल्ममा गायक प्रकाश सपूतको पनि अभिनय हुने बताइएको छ ।
हरिवंशसँग स्वस्तिमाले पहिलोपटक फिल्ममा काम गर्न लागेकी हुन् । यसअघि म्यूजिक भिडियो ‘कर्कलो कोक्याउला’मा भने उनीहरुको सहकार्य भइसकेको छ । त्यस्तै, प्रकाशसँग स्वस्तिमाको फिल्ममा यो दोस्रो सहकार्य हुनेछ । हाल स्वस्तिमा प्रकाशकै अभिनय तथा निर्देशनमा बनिरहेको फिल्म ‘वसन्त’को छायांकनमा व्यस्त छन् ।
फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको रहेको छ भने फिल्मको निर्देशक दीपेन्द्र के. खनालले गर्दै छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया