'पूर्ण बहादुरको सारङ्गी'ले बनायो नयाँ कीर्तिमान, एकै दिन पायो ४६५ भन्दा बढी शो

काठमाडौँ- लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले कैयौं कीर्तिमान बनाएको छ ।
फिल्मले शनिबार कुनै पनि नेपाली फिल्मले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । फिल्म निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो ।
यस अघि यस फिल्मले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो । यो कीर्तिमान यसअघि यो रेकर्ड दशैँको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।
फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले फिल्मले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित रहेको छ ।
अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया