गुरुप्रसाद मैनालीको कथा 'परालको आगो'मा फिल्म बन्ने

काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा आधारित भएर फिल्म निर्माण हुने भएको छ ।
मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले निर्माता सुशील पोखरेलको कम्पनी हरिओम सिने मेकर्सलाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ फिल्म निर्माणका लागि मञ्जुरी दिएका छन् ।
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गरिने जनाइएको छ । आगामी फागुनदेखि फिल्मको छायांकनमा सुरु हुनेछ ।
यसअघि ‘परालको आगो’ कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।
‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । यो कथाकार मैनालीको सर्वश्रेष्ठ कथा हो । फिल्ममा सुशील देवकोटा लेखन, सुरेन्द्र रानाको शब्द रचना, सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ । यस फिल्ममा कलाकार को हुने भन्ने निश्चित नभएको बुझिएको छ ।

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

सङ्गीतकार तथा कवि नन्दनको निधन

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

प्रतिक्रिया