भोजपुरी सुपरस्टार खेसारी लाल रौतहट आउने

रौतहट - प्रसिद्ध गढीमाई मेलाकै तिथि मितिमा रौतहटमा पनि बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना हुन लागेको छ । मेलामा भोजपुरी फिल्मका सुपरस्टार खेसारी लाल यादव सहित दिग्गज कलाकारहरू आउने भएका छन् ।
रौतहटको पूर्वी भेग गढीमाई नगरपालिका -४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना हुन लागेको हो । मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको व्यवस्थापन बारे जानकारी दिएका हुन् ।
सुन्दरपुर गढीमाई मन्दिरको मेला यही मङसिर १७ गतेदेखि मङसिर २६ गतेसम्म आयोजना हुँदैछ ।
स्थानीयहरूको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङ्सिर २० गते भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन् । सुपरस्टार खेसारीलालसँगै भारतीय भोजपुरी मोडेल माहिँ र मनिषाको पनि सांगीतिक प्रस्तुति हुने जनाइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया